सांगीतिक डमी अभियान सुरु – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

सांगीतिक डमी अभियान सुरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, काठमाडौं
ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन आज देखि यो अभियान सञ्चालन गरिएको महाशाखाका डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो । प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ । महाशाखामा आयोजित अभियान उद्घाटन कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दीपाश्री निरौला र जितु नेपालले प्रस्तुति दिएका थिए । गत १६ भदौखि महाशाखाले काठमााडौं महानगरपालिकाको सहयोगमा उपत्यकाका ४५ स्थानमा डमी ट्राफिक राखेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्