स्वास्थ्य मापदण्ड पूरा गरी चिडियाखाना खोल्ने तयारी – Kanika Khabar
Thursday, April 16Nepali News Portal

स्वास्थ्य मापदण्ड पूरा गरी चिडियाखाना खोल्ने तयारी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, काठमाडौं
गत चैत ७ गतेदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिनुभयो । मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा सय मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ । यसअघि झैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको छ । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्