घोराहीको वडा नंं ५ मा राहत वितरण – Kanika Khabar
Friday, May 1Nepali News Portal

घोराहीको वडा नंं ५ मा राहत वितरण

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, दाङ ।
घोराही उपमहानगरपालिका वडा नं. ५ मा एक सय बढी बिपन्न घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । लकडाउनका कारण समस्यामा परेका घरपरिवारलाई घोराही उपमहानगरपालिकाको सहयोगमा वडा कार्यालयले दोश्रो चरणको राहत सहयोग कार्यक्रम अन्तर्गत बिहीबार वडा कार्यालयबाट एक सय २० विपिन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण दैनिक जीविका चलाउन समस्या परेका वडाका अति विपन्न घरपरिवारलाई वडा कार्यालयले चामल, नून र हात धुनलाई सावुन वितरण गरेको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा सचिव लक्ष्मण अधिकारीले जानकारी दिएका छन । सचिव अधिकारीका अनुसार वडा कार्यालयले दोश्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत पहिलो दिन वडाका विपन्न घरपरिवारलाई प्रति व्यक्ति पाँच किलो चामल, एक प्याकेट नून र एउटा सावन सहयोग गरेको हो । उक्त खाद्यान्न वडा अध्यक्ष बिष्णुमणी दाहालले विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष दाहालसँगै घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य, वडा सदस्यहरु, सचिव, प्राविधिक, कर्मचारीसँगै वडाका विभिन्न टोल विकास सस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो । वडा कार्यालयले पहिलो चरणको कार्यक्रम अन्तर्गत वडाका दुई सय ८५ घर परिवारलाई खाद्यान्न उपलव्ध गराएको थियो । वडा कार्यालयले विभिन्न संघसस्थाहरुको सहयोगमा वडाका दुई सय ८५ विपन्न घर परिवारलाई चामल, दाल,नून, तेल,सावुनलगायतका सामग्री पहिलो चरणमा सहयोग गरेको वडा अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्