जाडोयामसम्म कोरोना सामाय अवस्थामा आउने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जाडोयामसम्म कोरोना सामाय अवस्थामा आउने

    मा प्रकाशित

कनिका खबर
मंसिर १, दाङ ।
आउँदो जाडोयामसम्म कोरोना सामान्य अवस्थामा आउने बताइएको छ । खोपको प्रयोगसँगै आउदो वर्षको जाडोयामसम्म कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा आउने खोप उत्पादकहरूले दाबी गरेका हुन् ।

औषधि उत्पादक कम्पनी बायोटेकका सहसंस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइसक्ने जनाएका छन् ।

गर्मीयाममा सफल भइसक्ने खोपमा आम मानिसको सहज पहुँच पुग्ने र जाडो याम सुरू हुँदा त्यसको असर कम भइसक्ने साहिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपको प्रभावकारिता ९० प्रतिशत रहेको जनाएको थियो । झण्डै ४३ हजार जनाले उक्त खोपको परीक्षणमा सहभागिता जनाएका थिए ।

बायोटेकले तयार पारेको उक्त खोप सफल भएको दाबीसँगै कोरोना नियन्त्रणमा आउने आशा पलाएको छ ।

बेलायतले बायोटेकरफिजर कम्पनीले यो वर्षको अन्त्यसम्म १० लाख डोज खोप तयार गर्ने बताएको छ ।
समाचार एजेन्सीको सहयोगमा

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्