विश्वव्यापी परिवर्तनसँग जुध्न जैविक विविधताको संरक्षण आवश्यक-मुख्यमन्त्री पोख्रेल – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

विश्वव्यापी परिवर्तनसँग जुध्न जैविक विविधताको संरक्षण आवश्यक-मुख्यमन्त्री पोख्रेल

    मा प्रकाशित

गोकर्ण पौडेल
दाङ मंसिर २ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वव्यापी परिवर्तनसंग जुध्नका लागि जैविक विविधता संरक्षण आवश्यक रहेको बताउनुभएको छ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालले प्रकाशन गरेको राप्ती पर्यावरण सन्देश विशेषाङ्क विमोचन गर्दै पोखरेलले पत्रिकाले यस क्षेत्रमा रहेको बोटबिरुवा र पक्षीहरुको विस्तृत विवरण प्रस्तुत गरेकाले पर्यावरण अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बताउनुभएको हो ।

संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले पत्रिकालाई स्थानीय पाठ्यक्रममा समावेश गरिने बताउनुभएको थियो ।

वन विज्ञान स्नातक तहमा अध्ययरत रवीन्द्र पुन मगर र जानकी तिवारीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ र १९मा रहेका १८ वटा सामुदायिक वनमा रहेका ११२ प्रजातिका चरा र १५२ प्रजातिका बिरुवाको बारेमा विस्तृत विवरण तयार पार्नुभएको थियो । सोही अध्ययनलाई पत्रिकाको विशेषाङ्ककारुपमा प्रकाशित गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष देवराज विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भनेँ सञ्चालन संस्थाका सदस्य रमेश पौडेलले गर्नुभएको थियो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्