पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको सङ्क्रमण, दुई हजार आठ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त, थप १७ जनाको मृत्यु – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको सङ्क्रमण, दुई हजार आठ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त, थप १७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार एक सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार एक सय ६ रहेको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार आठ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ७६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्