निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, काठमाडौं ।

निकिशा श्रेष्ठ माथि दुर्व्यहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशामाथि दुर्व्यवहार गरिएकाे थियाे ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।

निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मङ्गलबार दुव्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो ।
प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्