चीनमा दस लाख मान्छेले लगाए सिनोफार्मको कोरोना खोप – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

चीनमा दस लाख मान्छेले लगाए सिनोफार्मको कोरोना खोप

    मा प्रकाशित

राेयटर्स
मंसिर  ४, चीन ।

चीनको राष्ट्रिय फार्मासियुटिकल समूह, सिनोफार्मले बनाएको कोरोना विरूद्धको खोप परीक्षणका लागि करिब १० लाख मान्छे सहभागी भएका छन्। रोयटर्सका अनुसार देशभर यो खोपको आकस्मिक परीक्षण गरिएको हो।

चीनले आफ्नो खोपको आकस्मिक परीक्षण गत जुलाइमा सुरू गरेको थियो। यो क्रममा तीन प्रकारका खोप प्रयोग गरिएका थिए। यी खोप कति सुरक्षित र प्रभावकारी छ भन्नेबारे क्लिनिकल रूपमा पुष्टि भने भइसकेको छैन।

तै पनि यो खोप लगाएकाहरूलाई कुनै पनि किसिमका गम्भीर असर वा साइड इफेक्ट नदेखिएको रोयटर्सले जनाएको छ। जसले यो आकस्मिक खोप लगाएका थिए उनीहरूले पनि कुनै नकारात्मक असर नभएको बताएका सिनोफार्मका अध्यक्ष लियु जिङजेनले एक अन्तर्वार्तामा भनेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्