चिनीयाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने – Kanika Khabar
Monday, May 25Nepali News Portal

चिनीयाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, दाङ ।
चिनीयाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने भएका छन् । रक्षामन्त्री वेई फेङ्हे नेपाल भ्रमणमा आउने भएका हुन् । उनी यही मंसिर १४ गते नेपाल आउने तय भएको छ । आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य राखिएको छ ।

नेपालको राजनीतिक अस्थीरता र सत्ताधारी नेकपा भित्रको द्वन्द्व विभाजनमा पुग्न सक्ने अवस्थासँगै भावी राजनीतिमा नेपाली सेनाको सान्दर्भिकता बढ्न सक्ने अड्कलबाजीका बीच चिनियाँ विदेश मन्त्रीको सट्टा रक्षामन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ। रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्