कनिका खबर
मंसिर ५, दाङ ।
नेपाली काङ्ग्रेसले वितरण गर्न थालेको क्रियाशील सदस्यताको ५० प्रतिशत सदस्यता महिलालाई दिलाउन नेपाल महिला संघ दाङले पहल गर्ने भएको छ । आज शुक्रबार बसेको नेपाल महिला संघ दाङको बैठकले यस्तो निर्याय गरेको हो ।
बैठकले महिला हिंसा सवरुद्धको १६ दिने अभियान कार्यक्रम वडास्तरबाट गर्ने निर्णय गरेको छ । बैठकले कोभिड १९लाई मध्यनजर गर्दै सङ्क्रमितको आशङ्का भएका नागरिकलाई पिसिआर जाँच निशुल्क गर्नुपर्ने, प्रत्येक पालिकामा स्वाब संकलनको व्यवस्थापन गर्नका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठक संघकी अध्यक्ष गोमा रावत र संघकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा उम्मेदवार गिरिजादेवी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
मा प्रकाशित


