गीतकार प्रवलकाे अनमाेलकाे विमाेचन – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

गीतकार प्रवलकाे अनमाेलकाे विमाेचन

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।

दङाली सष्टा गीतकार एव गजलकार प्रवल बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रह ‘अनमोल’को आज शनिबार बिमोचन भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आज शनिबार घोराहीमा आधुनिक गीतिसंग्रह अनमोलको बिमोचन गरिएकाे हो । कार्यक्रममा एल्बममा रहेका गीत तथा भिडियोलाई देखाइएकाे थियाे ।
गजल अभियान दाङका अध्यक्ष समेत रहेका बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रहमा दाङ निवासी विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

आधुनिक गीतिसंग्रह अनमोलमा बिष्टको एकल रचना र श्रेष्ठको एकल संगीत रहेको छ । बिष्टको यो दोश्रो एकल गीति संग्रह हो । सयुक्त रुपमा अन्य गीतिसंग्रहहरु बजारमा आईसकेका छन् ।

राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष कमलमणि देवकाेटाकाे अध्यक्षता तथा साहित्यकार नारायण नेपालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीतकार प्रवल विष्ट, संगीतकार सन्ताेष श्रेष्ठ, गायिका सुप्रिया पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

विमाेचित एल्बममा रहेका गीतहरूकाे समीक्षा गीतकार प्रकाश के.सीले गरेका थिए शाखाका उपाध्यक्ष नगेन्द्र गुरुकाे शुभकामनाबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण आदिम के.सी. ले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्