सिन्धुलीमा आजबाट जिल्लामै पीसीआर जाँच – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

सिन्धुलीमा आजबाट जिल्लामै पीसीआर जाँच

    मा प्रकाशित

बुद्ध नेपाली
मंसिर ७, सिन्धुली ।
आजबाट सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९) को पीसीआर परीक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै जिल्लामै पीसीआर जाँच हुने भएको हो ।
कमलामाई नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ ।

हिजो शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की सहित ३ जनाको प्राविधिक टोलीले पीसीआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए ।

प्रयोगशालामा २० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिनुभयो । कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको समेत व्यवस्था गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए । अध्यक्ष पोखरेलका अनुसार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलबाट आएको प्राविधिक टोलिले ल्याबमा कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई तालिम दिने र दक्ष बनाउनेछन् । यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब हेटौडा, धुलिखेल वा काठमाडौं पठाउनु पर्ने बाध्यता थियो ।

जिल्लामै प्रयोगशाला स्थापना भएपछि अब पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर बाहिर पठाउनु नपर्ने भएको छ । कमलामाई नगरपालिका –६ शिवनगरमा जनस्तरबाट नवनिर्मित ५० बेडको कोभिड १९ अस्पताल, सिन्धुली अस्पताल मातहत सञ्चालनमा आईसकेको छ । यो अस्पतालमा ३ वेडको आईसियु र २ बेडको भेन्टिलेटर पनि छिट्टै जडान हुने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्