कनिका खबर
मंसिर ७, दाङ ।
पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई कोरोना मुक्त भएका छन् । नेता भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू करोनामुक्त भएको जानकारी दिएका हुन् । करिव एक महिना अगाडि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका छन् ।


