दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आयो – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आयो

    मा प्रकाशित

कनिका खबर
मंसिर ९, दाङ ।
दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज मंगलबार प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक(पटक पसिना आएको जनाएको हो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् ।

प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ ।

सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसाद पठाउने प्रचलन रहिआएको छ ।

यस्तो छ प्रशासनको विज्ञप्ति

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्