भारत किसान आन्दोलनः वार्ताका लागि केन्द्र सरकारले बोलायो – Kanika Khabar
Thursday, April 16Nepali News Portal

भारत किसान आन्दोलनः वार्ताका लागि केन्द्र सरकारले बोलायो

    मा प्रकाशित

 

एजेन्सी ।

भारतमा किसानहरुको जारी आन्दोलनपछि केन्द्र सरकारले आन्दोलनरत किसानलाई वार्तामा बोलाएको छ। नयाँ कृषि कानुनको विरोधमा दिल्लीको सीमा नाकामा धर्नामा बसेका किसानहरुलाई आज वार्तामा बोलाइएको हो। किसानहरुले ३ डिसेम्बरका दिन वार्ता गर्ने तय भएकोमा आज नै वार्तामा बोलाइएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । केन्द्रीय कृषिमन्त्री नरेन्द्रसिंह तोमरले किसान संगठनसँग वार्ताका लागि आज अपरान्ह ३ बजेको समय तय गरिएको बताउनुभयो ।कृषि मन्त्रालयले किसानका ३२ संगठन र तिनका नेताहरुलाई वार्ताका लागि नयाँदिल्लीस्थित विज्ञान भवनमा बोलाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्