सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कारबाही गरिने – Kanika Khabar
Wednesday, July 29Nepali News Portal

सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कारबाही गरिने

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न सम्बनिधत सबैलाइ निर्देशन दिएको छ । कोरोना भाइरस कोभिड–१९ महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ । राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले आज जारी गरेको सूचनामा उल्लेख छ । कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्