निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गरिने उद्योग वाणिज्य महासंघका अध्यक्षको भनाइ – Kanika Khabar
Sunday, April 19Nepali News Portal

निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गरिने उद्योग वाणिज्य महासंघका अध्यक्षको भनाइ

    मा प्रकाशित

कनिका खबर
मंसिर १६, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो कार्ययोजना तयार गर्ने जनाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्नेगरी महासंघले दृष्टिकोण निर्माण गर्न लागेको बताउनुभएको छ । आज निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले अबको १०० दिनभित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताउनुभयो । अहिले अर्थतन्त्रको मेरुदण्डको रुपमा रेमिट्यान्समात्र रहेको र कुनैपनि बेला कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले निर्यातका क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत व्यवस्थामा रहेको कमजोरीका कारण निर्यातलाई प्रवद्र्धन गर्न नसकेको बताउनुभयो । अहिलेभन्दा ३० वर्षपहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमशः घट्दै जानु दुःखद् रहेको उहाँले बताउनुभयो । महासंघले निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार गर्न सरकारसमक्ष माग राख्ने उहाँको भनाइ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्