नोटमा ब्राउन सुगर बेरेर राखेको अवस्थामा एक युवक पक्राउ – Kanika Khabar
Thursday, July 30Nepali News Portal

नोटमा ब्राउन सुगर बेरेर राखेको अवस्थामा एक युवक पक्राउ

    मा प्रकाशित

मंसिर १७, दाङ ।
नोटमा ब्राउन सुगर बेरेर राखेको अवस्थामा तुलसीपुरका एक युवक पक्राउ परेका छन् । तुलसीपुरको पुरानो मानपुर ६ घर भइ हाल तुलसीपुर उपमहागरपालिका वडा नं. ६ हात्तीखौवामा डेरा गरि बस्ने राजेश नेपाली प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित मंगलवार बेलुका पक्राउ परेका हुन ।

बेलुका साढे ६ बजेतिर गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । शंकाष्पद रुपमा हिडिरहेका नेपालीको शरिर खानतलासी गर्ने क्रममा दश रुपैंयाको नोटमा बेरेर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ ।

‘नोटमा बेरेर तीन वटा प्लाष्टिकको पुडिया बनाई राखेको अवस्थामा ब्राउन सुगरसहित नेपाली पक्रउ परेका हुन,’ प्रबक्ता समेत रहेका शर्माले भने ‘उनले लगाएको पाइन्टको पकेटमा नोटमा बेरेर राखेको ब्राउन सुगर बरामद भएको हो ।’

प्रहरीले हात्तीखौवास्थित उनको कोठामा खानतलासी गर्ने क्रममा थप दूई पुडिया ब्राउन सुगर फेला परेको छ ।फलामको डिब्बा भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा थप दुई पुडिया ब्राउन सुगर फेला परेको प्रबक्ता शर्माले बताए ।

उनको साथबाट सबै गरि पाँच पुडिया ब्राउन सुगुर फेला परेको र प्लाष्टिकसहित त्यसको तौल गर्दा ५ सय ११ मिलिग्राम रहेको प्रहरीले बताएको छ । इप्रका तुलसीपुरको हिरासतमा राखिन नेपालीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्