कोरोना सङ्क्रमणको सङ्ख्या ३ सय ७५ पुग्यो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कोरोना सङ्क्रमणको सङ्ख्या ३ सय ७५ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ५, दाङ ।

पछिल्लो अध्यावधिक अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ७५ पुगेको छ । कर्णाली प्रदेशको दैलेखमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठबिसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । हलेसी नगरपालिकाका निवासी १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीभ १, धनुषाका २, र झापाका १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

 

 

Image may contain: text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्