राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै – Kanika Khabar
Friday, October 23Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् । वालिङ ५ खेलमा ५ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । चन्द्रपुर ५ खेलमा ३ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । चन्द्रपुर पनि जित निकाल्दै अङ्क तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्