संवैधानिक परिषद्को बैठक स्थगित – Kanika Khabar
Thursday, October 22Nepali News Portal

संवैधानिक परिषद्को बैठक स्थगित

    मा प्रकाशित

माघ २०, काठमाडौँ ।
आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लाग्नुभएको थियो । तर आजको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ । बैठक किन स्थगित गरियो भन्ने बारे खुलाइएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्