डा. के.सी.ले गरे आमरण अनसन बस्ने घोषणा – Kanika Khabar
Friday, October 23Nepali News Portal

डा. के.सी.ले गरे आमरण अनसन बस्ने घोषणा

    मा प्रकाशित

माघ २०, काठमाडौँ ।
डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ । दुई बुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा डा. केसीले गर्नुभएको छ ।

‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।’ डा. के.सी.ले भन्नुभयो ।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उहाँले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नु पर्ने दुई बुँदे माघ अघि सार्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्