मा प्रकाशित
कनिका खबर
माघ २०, दाङ ।
भोलि बिहीबारदेखि देशभरि सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रबाट भित्रिएको वर्षा बिहीबार राति या शुक्रबार बिहान देशको मध्य भागमा आइपुग्ने छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।
देशको तराई क्षेत्रमा हाल लागेको बाक्लो हुस्सु आजबाट हटेर जाने महाशाखाको भनाइ छ । बिहीबार र शुक्रबार देशभरि बदली हुने सम्भावना रहेको मौसमविद् जनाएका छन् ।


