कोरोना अपडेट : विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या १० करोड ५८ लाख नाघ्यो – Kanika Khabar
Friday, October 23Nepali News Portal

कोरोना अपडेट : विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या १० करोड ५८ लाख नाघ्यो

    मा प्रकाशित

एजेन्सी ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ ।

विश्वभर ७ करोड ७६ लाखभन्दाबढी मानिसले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय सङ्क्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख७० हजार ४१८ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजीलमा २ लाख ३० हजार १२७जना, भारतमा १ लाख ५४ हजार ९५६ जना, रूसमा७५ हजार ७३२ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्