देश राजनीतिक द्वन्द्वात्मक अवस्थामा पुग्ने खतरा – Kanika Khabar
Thursday, October 22Nepali News Portal

देश राजनीतिक द्वन्द्वात्मक अवस्थामा पुग्ने खतरा

    मा प्रकाशित

माघ २५, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै पक्षले आ–आफ्नो तरिकाले आमसभा र शक्ति प्रर्दशन गर्न थालेपछि देश राजनीति द्वन्द्वात्मक अवस्थामा पुग्ने चिन्ता सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै दुई धुब्रमा विभाजित भएको नेकपाका दुई समुह निरन्तर समानान्तर रुपमा आमसभा र प्रर्दशन गर्नमा व्यस्त देखिएका छन् । यस्तै दुबै समुहका नेताहरुले एक अर्कालाई आरोप, प्रत्यारोप गर्ने क्रम पनि रोकिएको छैन । शुक्रबार ओली पक्षले शक्ति प्रर्दशन गरेकोमा २८ गते प्रचण्ड–नेपाल पक्षले प्रर्दशन गर्ने तयारी गरेको छ । एकले अर्को पक्षलाई जवाफ दिने क्रम पनि चलिरहेको छ ।
प्रचण्ड–नेपाल पक्षका नेता युवराज ज्ञवालीले सरकारले गरेको कदम नसच्याउँदासम्म आन्दोलनका कार्यक्रम नरोकिने बताउनुभयो । यसरी निरन्तर आन्दोलन र एक अर्काको विरोधमा उत्रिदा राजनीतिक रुपमा द्वन्द्व बढ्न सक्ने चिन्ता पनि सुरु भएको विश्लेषकहरुले बताएका छन् ।
नेपाली काँग्रेसले पनि प्रधानमन्त्रीको कदमको बिरोध गरिरहेको छ । प्रचण्ड पक्षका नेकपा नेताहरुले भने अब सबै दलसँग मिलेर संयुक्त आन्दोलनको तयारी सुरु गरेको बताएका छन् । तर काँग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्त आन्दोलनको बारेमा निर्णय भइ नसकेको बताए । यो खबर सिआइएनमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्