कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि, १९४ जना डिस्चार्ज र ७ जनाको मृत्यु – Kanika Khabar
Sunday, October 25Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि, १९४ जना डिस्चार्ज र ७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
माघ २६, दाङ ।
पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा र एक हजार ७४४ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा एक हजार १२० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्