कनिका खबर
माघ २७, दाङ ।
सरकारले निर्वाचनको तयारीलाई तीव्र रूपमा अगाडि बढाएकाे छ । निर्वाचनका गतिविधिलाई अगाडि बढाइरहेकाे सरकारले दुई चरणमा निर्वाचन गर्ने जिल्लाको पनि टुंगो लगाइसकेकाे छ ।
हिजाे सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई चरणमा निर्वाचन गराउन जिल्ला छुट्याएको छ ।
सरकारले प्रदेशका आधारमा पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने तयारी थालेकाे छ ।
पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।
त्यस्तै दोस्रो चरणमा २७ वैशाखमा बाँकी तीन प्रदेशमा निर्वाचन गराउने निर्णय गरिएको मन्त्री गुरूङले जानकारी दिए ।
प्रदेश १, बाग्मती र कर्णालीमा दोस्रो चरणमा निर्वाचन हुनेछ।
कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो। सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।


