माघ २२, दाङ ।
नेपालमा गत २४ घण्टामा १ सय ६० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड(१९ राष्ट्रिय अद्यावधिक विवरण अनुसार आज चार हजार तीन सय नौ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
हालसम्म नेपालमा २१ लाख एक हजार ५९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ । नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३ दशमलब ७१ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।


