प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस सुरु हुने – Kanika Khabar
Saturday, October 24Nepali News Portal

प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस सुरु हुने

    मा प्रकाशित

कनिका खबर
माघ २८, काठमाडौं
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस हुने भएको छ । संवैधानिक इजलासमा हिजो एकदिन स्थथित भएको बहस आजबाट पुनः सुरु हुने भएको हो । यसअघि हिजो एकदिनका लागि बहस रोकिएको थियो । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजो बहस रोकिएको हो । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि अहिले प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् । ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्