तीन कृषकलाई राष्ट्रपति पुरस्कार, जनही १०–१० हजार रुपैयाँ प्रदान – Kanika Khabar
Friday, October 23Nepali News Portal

तीन कृषकलाई राष्ट्रपति पुरस्कार, जनही १०–१० हजार रुपैयाँ प्रदान

    मा प्रकाशित

कनिका खबर
माघ २८, नुवाकोट
नुवाकोटका विभिन्न तीन जना कृषकहरुलाई राष्ट्रपति कृषक पुरस्कार प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटले ३ जना कृषकलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरेको हो । पुरस्कृत हुनेहरुमा म्यागङ गाउँपालिका ४ स्थित किम्ताङ अर्गानिक चिया उद्योगका सञ्चालक सार्की सुनार, दुप्चेश्वर गाउँपालिका ३ स्थित शिखादेवी कृषि फार्मका सञ्चालक रामकृष्ण थापा र ककनी गाउँपालिका ५ स्थित मोक्तान कृषि फार्मका सञ्चालक शिवकुमार लामा रहेका छन् । विदुरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई प्रमाण–पत्रसहित नगद १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । कृषि ज्ञान केन्द्र नुवाकोटको चालु आर्थिक वर्ष २०७७–०७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रहेर छनौटमा परेका तीन जना कृषकलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरिएको हो । आधुनिकिकरण कृषि प्रणाली अपनाएर व्यवसायिक रुपमा कृषि पेशा अवलम्बन गरिरहेकाहरुलाई हौसला प्रदान गर्न “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरिदै आएको छ । पुरस्कार प्रदानको लागि उत्कृष्ट किसान छनौट गर्न गत असोज १ गते राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यन्वयन कार्यविधि २०७१ अनुसार कृषि ज्ञान केन्द्र नुवाकोटले सूचना सार्वजनिक गरेको थियो । सोही सूचना अनुसार १९ वटा आवेदन परेको थियो । आवेदनको आधारमा जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पन्थीको संयोजकत्वमा प्राविधिक टोलीको अनुगमन तथा मूल्याङ्कनपछि तीन जना उत्कृष्ट किसान छनौट गरिएको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्