प्रचण्ड–नेपाल समूहको प्रर्दशन – Kanika Khabar
Thursday, October 22Nepali News Portal

प्रचण्ड–नेपाल समूहको प्रर्दशन

    मा प्रकाशित

माघ २८, काठमाडौँ ।
प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुस सहित सभा आयोजना गरेको छ । कार्यक्रममा प्रचण्ड– नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउँदै देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने बताउनुभयो ।
प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित आम सभामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताउनुभयो । त्यस्तै नेता शर्माले जनताको बीचमा नेतृत्व हुर्कनु पर्ने र आफूहरुलाई पार्टीभन्दा देश प्यारो भएको पनि बताउनुभयो ।

यस्तै,नेकपाप्रवक्तानारायणकाजी श्रेष्ठले आगामी वैशाखकालागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमाआयोजितविरोधसभामा सम्बोधनगर्दै प्रवक्ताश्रेष्ठले प्रधानमन्त्री केपीओलीले घोषणा गरेको वास्तविकचुनावनभएकोले त्यसलाई प्रतिगमनविरुद्धको आन्दोलनले खारेज गर्ने दाबीगर्नुभयो ।

केपीओलीले चुनावगर्न घोषणा गरेको पनिहोइन, चुनावनगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्रविरोधीभएको हामीधज्जी उडाउँछौं र हामीप्रतिगमनविरोधीआन्दोलनलाई सफलबनाएर त्यसलाई खारेज गर्न तत्पर छौं श्रेष्ठले भन्नुभयो । सारा लोकतन्त्रवादीहरु चुनावको पक्षमा रहेको प्रस्ट्याउँदै नेताश्रेष्ठले अहिले घोषणा गरिएको चुनाव संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने भएकोले आफूहरुलाई मान्यनहुने बताउनुभयो । संविधानलाई घात गर्ने चुनाव, संविधानलाई अपहरण गरेर संविधानलाई घात गर्ने संविधानविरोधीचुनावहामीलाई चाहिएको होइन, त्यो लोकतन्त्रअन्तर्गतको चुनावहोइन, प्रवक्ताश्रेष्ठले भन्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्