शैक्षिक गुणस्तर व्यवस्थापनका लागि समिति गठन – Kanika Khabar
Thursday, October 22Nepali News Portal

शैक्षिक गुणस्तर व्यवस्थापनका लागि समिति गठन

    मा प्रकाशित

दाङ, २९माघ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ मा रहेको बराहक्षेत्र मावि सेवार बनगाँउले शैक्षिक गुणस्तर सुधारका लागि योजनासाथ लागिपरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक एवं सरोकारवालाहरुहरुको सोमवार विद्यालयमा भएको भेलाले विद्यालयबाट प्रदान हुने शिक्षालाई प्रभावकारी बनाउनका लागि समिति गठन गरेको छ । भेलाले विद्यालयको भौतिक एवं शैक्षीक गुणस्तरियताका लागि समिति गठन गरेर जिम्मेवारी दिएको हो ।
विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगी संयोजक रहेको शैक्षिक गुणस्तरीय व्यवस्थापन समिति गठन गरिएको हो । जसको सदस्यमा जिम्मेवारी सहित प्राविधिक शिक्षा व्यवस्थापनमा मोहन बुढा क्षेत्री, शैक्षिक गुणस्तरियता वृद्धिमा छमा पराजुली, अनुशासन व्यवस्थापनमा श्रीधर योगी, अग्रेजी निजी स्रोत कक्षा व्यवस्थापनमा युवराज केसी, अतिरिक्त क्रियाकलापमा कमला लम्साल भारती रहनुभएको छ । समितिको सदस्यमा शिक्षक प्रतिनिधि भरत योगी पनि रहनुभएको छ ।
कार्यक्रममा २०७५ मा घोराहीमा आयोजना गरिएको श्रीभद् भागवत महायज्ञबाट संकलन भएको रकमले निर्माण भईरहेको भवनको निषयमा पनि छलफल भएको थियो । महायज्ञबाट संकलन भएको रकमले विद्यालयमा १० कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको छ । भेलामा महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले निर्माणधीन भवन र विद्यालयको शैक्षिक गुणस्तर सुधारको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष समेत रहनुभएकी योगीले केन्द्रले विद्यालयमा एक कोठे हल निर्माण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगीले विद्यालयको शैक्षीक अवश्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर चौधरीको अध्यक्षता एवं प्राध्यापक डा. अर्जुनबहादुर बुढाथोकीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भुपाल गिरीको विशिष्ठ आतिथ्यमा भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्