म्यान्मारलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी – Kanika Khabar
Monday, October 26Nepali News Portal

म्यान्मारलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

    मा प्रकाशित

कनिका खबर
माघ २९, दाङ
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिनुभएको छ । म्यान्मारमा सैनिकले सत्ता नियन्त्रणमा लिएपछि अमेरिकाले कारबाही स्वरुप आर्थिक सहयोग रोक्ने घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति बाइडनले म्यान्मारका सैन्य जनरलहरुलाई सत्ता छोड्नका लागि भन्दै अमेरिकाले म्यान्मारलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावती दिनुभयो । राष्ट्रपति बाइडेनले अमेरिका म्यान्मारका लागि कडा निर्यात नियन्त्रण लागू गर्ने र आवश्यक परेमा अतिरिक्त प्रतिबन्ध लगाउनका लागि तयार रहेको बताउनुभयो । राष्ट्रपति बाइडनले आफ्नो प्रशासनले म्यान्मारमा अमेरिकी एक अर्ब डलर फ्रिज गर्न लागेको पनि जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्