झाँक्री राज्यविरुद्ध कसुरको आरोपमा पक्राउ, राज्यविरुद्धको कसुर गरेको आरोप – Kanika Khabar
Friday, October 23Nepali News Portal

झाँक्री राज्यविरुद्ध कसुरको आरोपमा पक्राउ, राज्यविरुद्धको कसुर गरेको आरोप

    मा प्रकाशित

कनिका खबर
माघ २९, काठमाडौं
नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ पक्रा गरेको हो ।

निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएर पक्राउ गरेका हुन् । हालै गोरखा आयोजित एक कार्यक्रममा झँक्रीले राष्ट्रपति विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।

झाँक्रीको निवासबाहिर ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

गिरफ्तारी दिनुअघि झाँक्रीले निवासबाट कार्यकर्ताहरुलाई सम्बोधन गरेकी थिइन् । उनलाई प्रहरीले आफ्नो ह्यान्ड माइक दिएको थियो । उनले साद दशक लडेर कहिल्यै नखोसिने लोकतन्त्र ल्याएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले खोसेको आरोप लगाइन् ।

उनले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आफूलाई राज्यविरुद्धको अपराधमा पक्राउ पूर्जी बुझाएको बताइन् । उनले आफूप्रति सद्भाव प्रकट गर्ने सबैलाई धन्यवाद दिइन् । उनले आफ्नो निवासमा आएका प्रहरी सुरक्षाकर्मीलाई पनि धन्यावाद दिइन् ।

सम्बोधनपछि झाँक्री प्रहरीको साथ लागेर घरबाट बाहिरिएकी थिइन् । झाँक्रीका परिवारजनले कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गरेका थिए । भिड छिचोलेर झाँक्रीलाई बाहिर निकाल्न प्रहरीलाई निकै मुश्किल परेको थियो ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्