जर्मनीमा मार्च ७ सम्मका लागि लकडाउनको समयावधि थपियो – Kanika Khabar
Friday, October 23Nepali News Portal

जर्मनीमा मार्च ७ सम्मका लागि लकडाउनको समयावधि थपियो

    मा प्रकाशित

एजेन्सी ।
जर्मनीमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी लकडाउनको समयावधि थप गरेको छ । हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने जर्मन सरकारले निर्णय गरेको हो ।

जर्मन चान्सलर एन्जेला मर्केल र १६ ओटा संघीय नेताहरुले लकडाउन लम्ब्याउने विषयमा सहमति जनाएका थिए । उनीहरुको सहमतिलगत्तै सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् ।

जर्मनीका प्रायः सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रुवरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो ।

सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार लकडाउनको अवधि लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ ।

अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।यो अवस्था अहिले पनि जारी छ । जर्मनीका कतिपय स्थानमा कोभिडका सङ्क्रमितहरु घटेको भए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन ।

कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ । यसकारण पनि यहाँ लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्