दुई करोड हिनामिना गरेको आरोपमा प्राविधिक सहायक ९० दिन निलम्बनमा – Kanika Khabar
Friday, October 23Nepali News Portal

दुई करोड हिनामिना गरेको आरोपमा प्राविधिक सहायक ९० दिन निलम्बनमा

    मा प्रकाशित

फागुन २, हुम्ला ।

हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ ।

निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ माघ २९ गते बिहीबारदेखि निलम्बन गर्नुभएको हो । आचार्यले कुनै कारवाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेश गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत चेतावनी दिएका छन् ।

तर सर्केगाड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले भने आफूले सो कार्य नगरेको बताए । यो सबै प्रक्रिया हालका अधिकृत आचार्यले मदिरा सेवन गरेर गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरेर आफ्नो मानहानी गरेको निमित्त अधिकृत शाहीले बताए । उनले भने, “अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु ।” रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्