आज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको तीन वर्ष पूरा – Kanika Khabar
Thursday, October 22Nepali News Portal

आज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको तीन वर्ष पूरा

    मा प्रकाशित

फागुन ३, काठमाडौँ ।
आज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।

प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले बितेका तीन वर्षमा सरकारले प्राप्त गर्नुभएका उपलब्धिबारे जानकारी दिने बताइएको छ । दुई तिहाई बहुमतले बनेको नेकपाको सरकार अहिले काम चलाउ जस्तै बनेको छ ।

पार्टी विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेको रिटमाथि बहस जारी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्