सरकार र विप्लव समुहबीच पहिलाे चरणको वार्ता सम्पन्न – Kanika Khabar
Friday, May 3Nepali News Portal

सरकार र विप्लव समुहबीच पहिलाे चरणको वार्ता सम्पन्न

    मा प्रकाशित

फागुन १९, काठमाडौं ।

सरकार र विप्लव नेतृत्व बिच पहिलो चरणको वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।

वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्