सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा स्थगन – Kanika Khabar
Friday, May 3Nepali News Portal

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा स्थगन

    मा प्रकाशित
विश्वविद्यालयले आज आइतबार एक  सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरेको हो ।

कोरोना भाइरसबाट विद्यार्थीहरु सङ्क्रमित भई अस्पताल भर्ना भएको भन्ने बुझिएकाले सञ्चालनमा रहेका कृषि विज्ञान तर्फका परीक्षाहरु र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने गरी समय सारिणी प्रकाशित गरिएका परीक्षाहरु स्थगित गरिएको विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दवल्लभ पन्तले बताए ।

शनिबार विद्यार्थीले परीक्षा स्थगनको माग गर्दै विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्