कनिका डेस्क
बैशाख ११, दाङ ।
सशस्त्र प्रहरीको रुपन्देही स्थित सुनौली गुल्मका प्रमुख डिएसपीमाथि गुल्म भित्रै कुटपीट भएको छ । डिएसपीलाई दुई प्रहरी निरिक्षकले कुटपीट गरेका हुन् । डिएसपी मानवहादुर शाही माथि गुल्ममा कार्यरत प्रहरी निरीक्षकहरु केशव भट्राई र दयाराम पौडेलले वुधवार कुटपीट गरेको स्रोतले जनाएको छ ।
ब्यारेक बाहिरबाट मदिरा सेवन गरि गुल्म छिरेका प्रहरी निरीक्षकहरुले डिएसपी माथि कुटपीट गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सशस्त्र प्रहरीले ब्यारेकमा मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि उनिहरु बाहिर निस्केर मदिरा सेवन गरेका थिए । त्यस क्रममा डिएसपी शाहीले मदिरा सेवन गरि ब्यारेक भित्र प्रवेश गर्न नपाईने भन्दै सम्झाउन खोजेका थिए । त्यसै क्रममा प्रहरी निरीक्षकहरुले कुटपीट गरेका थिए ।
सशस्त्र प्रहरी बल मुख्यालयले उनिहरुलाई नियन्त्रणमा लिएर कारवाही थालेको जनाएको छ ।