आज अफगानिस्तानबाट थप ३५ नेपाली स्वदेश फर्के, हालसम्म ५०४ नेपाली स्वदेश फिर्ता – Kanika Khabar
Saturday, May 30Nepali News Portal

आज अफगानिस्तानबाट थप ३५ नेपाली स्वदेश फर्के, हालसम्म ५०४ नेपाली स्वदेश फिर्ता

    मा प्रकाशित

भदौ ५, दाङ ।
आज अफगानिस्तानबाट थप ३५ नेपाली स्वदेश फर्केका छन् । तालिबान समूहले कब्जा गरेको अफगानिस्तानबाट आज थप ३५ जना नेपाली स्वदेश आइपुगेका हुन् । योसँगै तालिबानले काबुल कब्जा गरेपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या ५०४ जना पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तालिबानले काबुल कब्जा गरेपछि नेपाल सरकारलाई त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गर्न आफ्नो विवरण उपलब्ध गराउन आग्रह गर्दै अनलाइन दर्ताको व्यवस्था गरेको छ ।

परराष्ट्रमन्त्रालयले व्यवस्था गरेको अनलाइनमा अहिलेसम्म तीन सय १७ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा कतिपय एकै व्यक्तिको फरकफरक ठाउँबाट नाम दर्ता भएको र कतिपय नेपाल फर्किसकेकाले आउन बाँकीहरुको एकिन गरी नेपाल ल्याउन विभिन्न देशसँग सहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्