दोस्रो लहरकोभन्दा केही फरक लक्षण भएका बिरामी अस्पताल आउने क्रम बढ्यो – Kanika Khabar
Saturday, May 30Nepali News Portal

दोस्रो लहरकोभन्दा केही फरक लक्षण भएका बिरामी अस्पताल आउने क्रम बढ्यो

    मा प्रकाशित

भदौ ८, काठमाडौँ ।
नेपालमा कोरोना भाइरसको तेस्रो लहर देखिएको वा नदेखिएको भन्ने बारेमा अध्ययन नभएपनि दोस्रो लहरको भन्दा केही फरक लक्षण भएका बिरामी अस्पताल आउनेक्रम बढेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अस्पताल भर्नाहुने कोरोना सङ्क्रमितको दर बितेको २ हप्तामा बढे पनि मृत्युदर कम छ भने कोरोनामुक्त हुने समयावधि पनि छोटो हुने गरेको छ । सीआईएनसँग कुराकानी गर्दै सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा. रोशन कुमार झाले कोरोना सङ्क्रमण भए पनि जाँच गर्दा नदेखिने अर्थात फल्स नेगेटिभ पछिल्लो समयमा बढेको बताउनुभयो ।

डा. झाका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएमा केही दिन बिरामी परिवारका सदस्यबाट एक्लिएमा कोरोना सङ्क्रमण भए पनि अरुलाई सार्ने सम्भावना कम हुन्छ भने चिकित्सकसँग नियमित परामर्श लिनुपर्छ । भाइरल ज्वरो, मौसमी रुघाखोकीको समय अहिले भए पनि पखाला लाग्ने, जिउ दुख्ने, अक्सिजनको मात्रा कम हुने भएमा कोरोनाको सङ्क्रमण भएको हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्