नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा समुदाय सचेतना कार्यक्रम – Kanika Khabar
Saturday, May 30Nepali News Portal

नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा समुदाय सचेतना कार्यक्रम

    मा प्रकाशित

१० भदौ, घोराही /

नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा समुदाय सचेतना कार्यक्रम घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवामा सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत समुदाय स्तरिय सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधवप्रसाद चौधरीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले लामो समयदेखी शान्तिको क्षेत्रमा काम गरिरहेको र पछिल्लो समय द्धन्दपीडीत महिलाहरुको मानसिक स्वास्थ्य र आर्थिक आयआर्जनलाई लक्षीत गरेर कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

समाज सचेत बनाउने जिम्मा सरकार लगायत सामाजिक संघसंस्थाको भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने उहाँको भनाई थियो । गाँउका अगुवा सुन्दरलाल चौधरीले सशस्त्र द्धन्दको समयमा बेलुवा गाँउ धेरै नै पूभावित भएको र सामुहीक हत्या पनि भएकाले द्धन्दको घाँउ अझै ताजै भएको बताउनुभयो ।

द्धन्दको कारण अझै पनि धेरै व्यक्तीहरुमा मानसिक समस्या भएको भन्दै उहाँले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा महिला शान्ति र सुरक्षा कार्यक्रमका प्रमुख रमेश केसीले सशस्त्र द्धन्द, द्धन्दको समयमा जिल्लामा भएका ठुला घटनाहरु, सशस्त्र द्धन्दले हालसम्म पारेको असरहरुको बारेमा जानकारी गराउनुभएको थियो भने सशस्त्र द्धन्दका कारण हालसम्म समाजमा रहेको मनोवैत्रानिक आघातको समस्या, लक्षण, समधानका उपायका विषयमा मनोविमशकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्