पाल्पामा कम उमेरमै बच्चा जन्माउनेको सङ्ख्या बढ्यो – Kanika Khabar
Monday, May 25Nepali News Portal

पाल्पामा कम उमेरमै बच्चा जन्माउनेको सङ्ख्या बढ्यो

    मा प्रकाशित

भुवन रायमाझी
भदौ ११, पाल्पा ।
पाल्पामा बाल बिवाह गर्ने र कम उमेरमै बच्चा जन्माउनेको सङ्ख्या बढेको छ । जिल्लामा १५ देखि १९ वर्ष उमेर भित्रका ५१ प्रतिशत किशोर–किशोरीको बाल विवाह हुने गरेको तथ्यांक छ ।

 

१४ वर्षमुनिको उमेरमा पहिलो विवाह हुनेहरू १० दशमलव ७३ प्रतिशत रहेका छन् । कम उमेरमा विवाह गरेपछि पढाई बीचमा नै रोकिने, विवाह दर्ता नहुने शारिरीक मानसीक समस्या भोग्नु पर्ने २० वर्षिया मेनुका रायमाझीले बताउनुभयो । गाउँपालिकामा १६ देखी २० वर्षका अधिकांश किशोरीले विवाह गर्ने गरेका छन् । जिल्लाको दलित समुदायमा कम उमेरमा विवाह गर्ने बढि रहेका छन् ।

 

पढाई अगाडी बढाउन आर्थिक समस्या देखिएका परिवारका बालिकाले छिटै भागेर विवाह गर्ने गरेका छन् । सामाजिक सन्जालको प्रयोगबाट पनि बालविवाह बढेको र यसको न्युनिकरणका लागी चेतनामुलक कार्यक्रम गर्नुपर्ने रैनादेवी छहरा गाउँ पालिकाका उपाध्यक्ष चेत कुमारी थापाले बताउनुभयो । बाल बिवाह गरेर सानैमा बच्चा जन्माउदा बच्चाको तौल कम हुने, अस्वस्थ बच्चा जन्मने, आमाको पाठेघर खस्ने समस्या आउने, आमाको मृत्यु हुने जस्ता समस्या आउन सक्ने डा. सिसिर पटेलको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्