निर्मला पन्तको बलात्कार र हत्याबारे जवाफ दिन म रोस्टममा उभिएको होइन : मन्त्री गुरुङ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

निर्मला पन्तको बलात्कार र हत्याबारे जवाफ दिन म रोस्टममा उभिएको होइन : मन्त्री गुरुङ

    मा प्रकाशित

कनिका डेस्क
जेठ २६, दाङ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङल आफू निर्मला पन्तको बलात्कार र हत्याको बारेमा जवाफ दिन रोस्टममा नउभिएको बताएका छन् । आजको संसदको बैठकमा कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तको बलात्कार र हत्याबारे मन्त्रालयले के गरेको छ भन्ने प्रश्नको जवाफ दिन अस्वीकार गर्दै मन्त्री गुरुङले यसो बताएका हुन् । मन्त्री गुरुङले उक्त प्रश्न संसदमा जहिले पनि उठिरहने र त्यसको जवाफ दिन आफू रोष्ट्रममा नउभिएको बताएका हुन् । निर्मला पन्तमाथि भएको घटना अरुमाथि नहोस् भन्नका लागि मन्त्रालय र सरकारले कानुन बनाइरहेको मन्त्री गुरुङको भनाइ थियो ।
यस्तै कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीका क्रममा घरेलु हिंसा, महिला हिंसा बढेका पाइएको पनि मन्त्री गुरुङले बताए । प्रतिनिधिसभामा मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले महिला हिंसाका घटना बन्दाबन्दीका क्रममा मात्रै नभएका बताएका हुन् । त्यस्ता घटनामा न्यूनीकरण ल्याउनका लागि मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको उनले बताए ।
महिला हिंसा र घरेलु हिंसाका घटनाबारे मन्त्रालय र सरकारी नियकालाई सूचना प्राप्त नभएको हुनसक्ने र त्यस्ता घटनाबारे सूचना दिन पनि मन्त्री गुरुङले सवैलाई आग्रह गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्