बढी मूल्यमा मास्क बेच्ने दुई पसललाई २–२ लाख जरिवाना – Kanika Khabar
Thursday, April 30Nepali News Portal

बढी मूल्यमा मास्क बेच्ने दुई पसललाई २–२ लाख जरिवाना

    मा प्रकाशित

नारायण खड्का

दाङ, जेठ २६

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले दाङमा बजार अनुगमन गरेको छ। स्वास्थ्य सामाग्रीमा चर्को मूल्य गरेको भन्ने सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा जिल्लाका तीन वटा सर्जिकल पसलहरुलाई कारबाही गरिएको छ।

कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईंले सोमबार घोराहीका दुई वटा सर्जिकल पसललाई २–२ लाख र अर्को एउटालाई २० हजार जरिवाना गरिएको जानकारी दिए।

युनाइटेड साईन्टिफिक एण्ड सर्जिकल हाउस प्रालि र लक्की सर्जिकल एण्ड सप्लायर्सलाई जनही २–२ लाख जरिवाना गरिएको सूचना अधिकारी चौलागाईंले बताए। ती दुई सर्जिकल पसलले ५० प्रतिशतसम्म बढी मूल्यमा सर्जिकल मास्कहरु विक्री गरेको पाइएको हुँदा उक्त जरिवाना गरिएको उनले बताए।

‘२० प्रतिशत भन्दा बढी मुनाफा लिन पाइँदैन,’ चौलागाईले भने ‘ तर, ती दुई वटा पसलहरुले ५० प्रतिशतसम्म मुनाफा लिएको देखिएको हुँदा कारवाही गर्नु परेको हो।’ त्यस्तै घोराहीकै चाहाना सर्जिकल एण्ड सप्लार्यलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

उक्त पसलले खरिद बिल देखाउन नसकेको हुँदा जरिवाना गरिएको चौलागाईंले बताए। जरिवाना गरिएका पसलहरुलाई सात दिन भित्र तोकिएको रकम बुझाउनु पर्ने छ। भनेको समयमा तोकिएको जरिवाना नतिरे थप कारवाही तथा पसल सिल गर्ने लगायतका कार्य अगाडि बढाइने उनले बताए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्