बाँकेमा बाघले मान्छे खायो – Kanika Khabar
Saturday, May 4Nepali News Portal

बाँकेमा बाघले मान्छे खायो

    मा प्रकाशित

दाङ, २८ भदौं ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व(पश्चिम राजमार्गमा पाटे बाघले एक जनाको ज्यान लिएको छ। राप्ती सोनारी गाउँपालिका–१ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताएका छन् ।

‘‘त्यस क्षेत्रमा बाघ बौलाएको छ,’ एसपी अधिकारीले भने, ‘राजमार्ग क्षेत्रबाटै दुई दिनमा दुई वटा गाई पनि मारेको छ।’ बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए।

‘उनको मानसिक सन्तुलन पनि ठिक थिएन भनेर स्थानीयले जानकारी दिएका छन्,’ अधिकारीले भने । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए।

‘खबर आएपछि हामी आज बिहानै खोजीमा गएका थियौं,’ शाहले भने, ‘बाघले ती व्यक्तिको शरिरको माथिल्लो भाग खाइसकेको अवस्थामा खुट्टामात्रै बिहान साढे ७ बजेतिर निकुञ्ज क्षेत्रभित्र फेला पर्‍यो।’

प्रमुख संरक्षण अधिकृत शाहले केही दिनदेखि गाभर क्षेत्रमा एक जोडी पाटेबाघ देखिइरहेकाले आइतबार बेलुकादेखि त्यसक्षेत्रमा गस्तिमा खटिने गरेको बताए।

‘हामी गस्तिमा जाँदा पनि आक्रमणमा परेका ती व्यक्तिलाई आइतबार बेलुका ५ बजेतिर राजमार्गको छेउमा बसेको देखेका थियौं,’ शाहले भने, ‘आज बुझ्दा उनैलाई बाघले झम्टिएर राजमर्गदेखि झन्डै ५ सय मिटरभित्र लगेर खाएको अवस्थामा खुट्टामात्र फेला पर्‍यो।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्