आज पनि मान्यजनबाट टीका, जमरा तथा आशीवाट टीका तथा आशीर्वाद लिने क्रम जारी – Kanika Khabar
Friday, May 3Nepali News Portal

आज पनि मान्यजनबाट टीका, जमरा तथा आशीवाट टीका तथा आशीर्वाद लिने क्रम जारी

    मा प्रकाशित

कार्तिक १, दाङ ।
नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज सोमवार पनि जारी छ।आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। यस वर्ष कात्तिक २ गते मंगललबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले बताउनुभयो । कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं समाप्त हुन्छ।बडादशैं मनाउन काठमाडौं उपत्यकाबाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ। योसँगै सुनसान बनेको काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। टाढा टाढा आफन्त एवं मान्यजन हुनेहरु अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्