रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा नेपालीको धेरै  – Kanika Khabar
Friday, May 3Nepali News Portal

 रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा नेपालीको धेरै 

    मा प्रकाशित

खगेश्वर पौडेल
जेठ ३०, दाङ
कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा खानाका बिभिन्न परिकारका कारण नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको भन्ने बहस चर्चामा छ । प्रधानमन्त्रीदेखि नेताकार्यकर्ताले यसो भनिरहँदा विज्ञहरूले भने चर्चामा भनिए जस्तो प्रतिफल आउने गरी अध्ययन नभए पनि नकार्न नसकिने बताएछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसददेखि सार्वजनिक समारोहमा समेत नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको दोह¥याइरहँदा खिसिटियुरी गर्नेको सङ्ख्या पनि कमि छैन । राजनिती गरेर प्रधानमन्त्री भएका प्रधानमन्त्रीको अभिव्यक्तिबारे जनस्वास्थ्यविज्ञहरुले केही प्रतिशत सहमती जनाएकाछन् ।

जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डे भन्नुहुन्छ घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ल्वांग, सुकमेल, कागती,बोझो खाने चलन नेपाली समाजमा छ । डा.पाण्डेका अनुसार हामीले धेरै दिन फ्रीजमा राखेको बासी खानेकुरा खादैनौं । बारीमा भएका ताजा तरकारी धेरै परिकारहरु खानाले पनि नेपालीलाई सामान्य भाईरलसँग जुध्न सक्ने क्षमता छ ।

ऋषीमुनीदेखि चलनचल्तीमा प्रचलनमा रहेको जडिबुटीको महत्वको बारेमा जति चर्चा हुन्छ त्यतिको प्रभावकारी हुन्छ भन्ने पुष्टि भइसकेको छैन । तर यी जडीबुटीहरु रोग प्रतिरोधात्मक क्षमताका लागि अचुक मानिन्छन् । सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले सामान्य रुघा खोकीका बेला हामीले मुख बार्ने,घरायसी ज्वानो,बेसार खाने चलनले पनि यस्ता चिजले प्रतिरोधी क्षमता बढाउने बताउनु भयो ।

नेपालमा हाल ३ सय प्रकारका औषधीय गुण भएका जडिबुटी पाइन्छन् भने तिनै जडिबुटीको प्रशोधन गरी मुलुकभरमा ३ सय ८२ आयुर्वेद औषधालय सञ्चालनमा छन् । आयुर्वेदिक औषधि सेवन गर्दा रोग प्रतिरोधी क्षमता बढाउँन मद्धत गर्छ भन्नुहुन्छ योग एवं प्राकृतिक चिकित्सा विज्ञ हरिप्रसाद पोखरेल । भिटामिन सि र डी ले रोगप्रतिरोधात्मक क्षमता बढाउने अनुसन्धानले देखाएको छ । कोरोना संक्रमणमा हुने स्ट्रोक, थ्रोम्बोसिस आदिमा नेपालीका परम्परागत खाना उपयोगी रहेकोछ ।

नेपालबाट हरेक वर्ष १ सय ५० प्रकारका जडिबुटी निर्यात हुनुले पनि यहाँका कुनाकन्दरा औषधिका भण्डार हुन् भन्ने देखाउँछ । तर मुलुकभित्रको जडिबुडी सङ्कल र प्रसोधन गरी औषधोपचारमा लगाउने बारेमा सरकारले गरेको लगानी र हालसम्मको उपलव्धि सन्तोषजनक छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्