लुम्बिनी प्रदेशको उपसभापतिमा संविधानसभा सदस्य खनालको उम्मेदवारी – Kanika Khabar
Friday, May 17Nepali News Portal

लुम्बिनी प्रदेशको उपसभापतिमा संविधानसभा सदस्य खनालको उम्मेदवारी

    मा प्रकाशित

May be an image of 1 person and text that says 'राष्ट्रियता। लोकतन्त्र। समाजवाद। नेपाली काँग्रेस, १४औं महाधिवेशन- २०७7 लुम्बिनी प्रदेश, नेपाल राजु खनाल उप-सभापति पदका उम्मेदवार सम्पर्क नं. ८て५७て३०१५० तपाईको सहयोग सदभाव र अमुल्य मतको अपेक्षा गर्दछौ जय नेपाल !!!'

मंसिर १७, बुटवल ।

नेपाली काङ्ग्रेसका युवा नेता तथा संविधानसभा सदस्य राजु खनालले लुम्बिनी प्रदेशको उपसभापतिमा उम्मेदवारी दिएका छन् । खनालले काङ्ग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका खनाल २०७० सालको संविधानसभा निर्वाचनमा दाङबाट निर्वाचित भएका थिए । पार्टीको संगठन निर्माण र संगठन बिस्तारमा अब्बल मानिने नेता खनाल बलियो उम्मेदवानरको रुपमा उभिएका छन् ।

‘पार्टीलाई सुदृढीकरण गर्दै संगठन बिस्तार गर्न आवश्यक छ । आसन्न स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा काङ्ग्रेसको बलियो उपस्थिति दर्ज गर्नुपर्ने भएको छ । सबैको रोजाइको काङ्ग्रेस बनाउन हामीले गर्नुपर्ने थुप्रै काम रहेका छन् । यसका लागि मैले केही योजना तर्जुमा गरेको पनि छु । प्रथमतः लुम्बिनी प्रदेशको काङ्ग्रेसलाई दृढ बनाई राष्ट्रियस्तरमा नै एक शक्तिका रुपमा उभ्याउन मैले आफ्नो उम्मेदवारी दिएको हुँ, दोस्रो कुरा के भने देशव्यापी रुपमा काङ्ग्रेसलाई बलियो बनाउन , जनताको रोजाईको पार्टी बनाउन मेरो उम्मेदवारी हो ।’ उनले भपे, ‘यो पार्टीको आन्तरिक नेतृत्व छनौट प्रक्रिया हो, सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरुले आफ्नो विवेकको प्रयोग गरी पार्टीका लागि केही गर्न सक्ने, पार्टीका लागि आवश्यक उम्मेदवार चयन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’

खनालले सभापति पदका उम्मेदवार भरतबहादुर शाहको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्